Rule 33
प्रमाणपत्रको निलम्बन
(१) देहायको अवस्थामा प्रमाणीकरण गर्ने निकायले आपूmले जारी गरेको प्रमाणपत्र निलम्बन गर्न सक्नेछ ः-
(क) कुनै गैरकानूनी प्रयोजनको लागि वा गैरकानूनी उद्देश्य प्राप्तिको लागि त्यस्तो डिजिटल हस्ताक्षर प्रयोग भएको वा हुन लागेको
वा हुन सक्ने अवस्था छ भन्ने कुरा प्रमाणीकरण गर्ने निकायलाई लागेमा,
(ख) कुनै अदालतमा ग्राहकको विरुद्ध कुनै फौजदारी मुद्दा विचाराधीन रहेको कुराको जानकारी प्राप्त भएमा,
(ग) प्रमाणपत्रको प्रयोग सार्वजनिक हित विपरीतको काममा भएको वा हुन लागेको वा हुन सक्ने सम्भावना रहेको कुरा उल्लेख गरी प्रमाणपत्र निलम्बन गर्नको लागि नियन्त्रकले प्रमाणीकरण गर्ने निकायलाई लेखी पठाएमा ।
(२) ऐनको दफा ३२ को खण्ड (ख) तथा उपनियम (१) बमोजिम कुनै प्रमाणपत्रको निलम्बन गर्दा निलम्बन गर्नु परेको कारण उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा सफाइ पेश गर्नको लागि तीन दिनको समयावधि दिई प्रमाणीकरण गर्ने
निकायले स्पष्टीकरण माग गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश हुन आएको स्पष्टीकरण सन्तोषजनक नभएमा वा स्पष्टीकरण पेश नगरेमा प्रमाणीकरण गर्ने निकायले आपूmले जारी गरेको प्रमाणपत्र निलम्बन गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रमाणपत्रको निलम्बन अवधि पन्ध्र दिन भन्दा बढी हुने छैन ।